Logo
|
Friday 26th April 2024
Logo

epaper

एसिड आक्रमणका बिरामीहरुको उपचारका लागि सरकारले तोक्यो अस्पताल 



जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एसिड आक्रमणका बिरामीहरुको उपचारका लागि अस्पताल तोकेको छ ।

सरकारले वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल र कीर्तिपुर अस्पतालमा एसिड आक्रमणमा परेका बिरामीहरुको उपचार गराउने व्यवस्था मिलाएको हो ।

मुलुकका जुनसुकै भूभागमा एसिड आक्रमणमा परेकाहरुको उपचार यी अस्पतालहरुबाट हुने स्वास्थ्य सेवा विभागले जनाएको छ । एसिड आक्रमणमा परेका पीडितहरुको उपचार सम्वन्धी कार्यविधि २०६८ मा पिडीतको उपचार, एम्बुलेन्स भाडा देखि एसिड पीडितले आजिवन लगाउनुपर्ने मल्हम हरेक ६ महिनाको लागि डेडिकेटेड अस्पतालले प्रदान गर्नुपर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्