Logo
|
Wednesday 8th May 2024
Logo

epaper

बिरामीको उपचार गर्दागर्दै डा. किरणको निधन



जनस्वास्थ्य सरोकार, काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको जनरल सर्जरी विभागमा कार्यरत डा. किरण श्रेष्ठको बिरामीको उपचार गर्दागर्दै निधन भएको छ ।

प्रतिष्ठानमा आवासीय चिकित्सकका रूपमा कार्यरत २५ वर्षीय डा. श्रेष्ठको बुधबार बिहान हृदयघातका कारण निधन भएको हो ।

बिरामीको शल्यक्रिया गर्दागर्दै उनीमा समस्या देखिएको थियो । त्यसपछि उनलाई आवासमा लगिएको थियो । लगत्तै बेहोस भएका डा. श्रेष्ठलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले बुधबार नै मृत घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्