देशभर दुई जनामा कोरोना संक्रमण पुष्टि, मृत्यु शून्य

जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११५२ जनाको परीक्षणमा २ जनामा संक्रमण पुष्टि भएको हो। सो अवधिमा कुनै कोरोना संक्रमितको मृत्यु भएको छैन । नेपालमा भने पछिल्लो २४ घण्टामा २ जना संक्रमणमुक्त भएका छन्।