देशभर २१ जना सक्रिय संक्रमित, थप दुई जनामा संक्रमण पुष्टि

जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का दुई संक्रमित थपिएका छन् । दुई हजार ३२५ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यो अवधिमा दुईजना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर कोरोनाका सक्रिय संक्रमितको २१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।