Logo
|
Wednesday 8th May 2024
Logo

epaper

नेपालगञ्जमा दादुराको प्रकोप घट्दै, निको भए ५२ जना



जनस्वास्थ्य सरोकार, नेपालगञ्ज । नेपालगञ्जमा देखिएको दादुराको प्रकोप विस्तारै घट्दै गएको छ। दादुराबाट संक्रमित भएकामध्ये आधाजति निको भइसकेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।

स्वास्थ्य कार्यालय, नेपालगञ्जका खोप सुपरभाइजर नरेश श्रेष्ठका अनुसार पुस १२ गतेयता १ सय १५ जना दादुरा संक्रमित फेला परेकोमा ५२ जना निको भएका छन्। अहिले ६२ जनाको उपचार भइरहेको छ। एक जनाको मृत्यु भएको छ।

नेपालगञ्ज उपमहानगरपालिकामा १ सय १३ र खजुरा गाउँपालिकामा दुई जनामा संक्रमण देखिएको थियो। नेपालगञ्जमा पुस २२ गतेदेखि दादुराविरुद्धको खोप अभियान चलाइएको छ। गम्भीर भएका बिरामीलाई अस्पताल लगिएको छ भने सामान्यलाई घरमै आइसोलेट गरेर उपचार गरिएको छ।

नेपालगञ्जका आठ वटा वडामा खोप अभियान चलेको छ। १, ४, ५, ७, ८, ११, १४ र १५ नम्बर वडा बिहीबार पनि खोप लगाइएको छ। अहिलेसम्म ७ हजार १ सय ६३ जनालाई खोप लगाइएको छ।

जिल्लामा अझै सात हजार डोज खोप स्टक रहेको र ३० हजार डोज आउँदै गरेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्