Logo
|
Friday 3rd May 2024
Logo

epaper

कर्णालीका साँढे ३ लाख नागरिक स्वास्थ्य बिमाको पहुँचमा



जनस्वास्थ्य सरोकार, जुम्ला । कर्णाली प्रदेशका साँढे तीन लाख नागरिक स्वास्थ्य बिमित भएका छन् । कार्यक्रम सञ्चालन भएको ५ वर्ष बित्दा कर्णालीमा करिब १७ लाख जनसङ्ख्या रहेकोमा हालसम्म ३ लाख ५६ हजार ६ सय ३८ नागरिक मात्रै बिमाको पहुँचमा पुगेका हुन् ।

जसमध्ये जुम्लाका ६७ हजार ७ सय ३७ नागरिक बिमाको पहुँचमा पुगेको स्वास्थ्य बिमा बोर्ड सम्पर्क कार्यालय जुम्लाले जनाएको छ । करिब १ लाख २० हजार जनसङ्ख्या रहेको जुम्लामा अझै ५२ हजार २ सय ६२ बढी नागरिक बिमाबाट वञ्चित रहेको पाइन्छ ।

त्यस्तै राष्ट्रिय बिमा बोर्डको तथ्याङ्क अनुसार सुर्खेतका ७५ हजार ४२३ जना, दैलेखका २० हजार ३४४ जना, हुम्लाका १४ हजार १४२, सल्यानका ९ हजार २०१ नागरिक बिमाको पहुँचमा पुगेका छन् ।

साथै डोल्पाका २ हजार ६६०, रुकुम पश्चिमका ७० हजार २५१, जाजरकोटका ४४ हजार २१७, कालिकोटका ४५ हजार ५५४ र मुगु जिल्लाका ६ हजार ९३ जना गरी कर्णालीका जम्मा ३ लाख ५६ हजार ६ सय २३ जना नागरिक स्वास्थ्य बिमाको पहुँचमा पुगेको स्वास्थ्य बिमा बोर्डको तथ्याङ्कमा उल्लेख छ । हालसम्म कर्णालीका सबैभन्दा बढी सुर्खेत र कम डोल्पाका नागरिक बिमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्