के वैज्ञानिकहरूले खतरनाक छालाको क्यान्सर ‘मेलानोमा’ बिरुद्धको खोप पत्ता लगाएका हुन्?
नेपाल हेल्थ न्युज, काठमाडौँ । छालाको क्यान्सरको सबैभन्दा घातक रूप मेलानोमासँग लड्न संसारको पहिलो व्यक्तिगत खोपको परीक्षण बेलायतमा भइरहेको छ।
बीबीसीका अनुसार यो खोप प्रत्येक बिरामी अनुसार डिजाइन गरिनेछ। परीक्षणमा प्रयोग भइरहेको यो खोप पनि त्यही प्रविधिमा आधारित छ । जुन हाल कोभिड भ्याक्सिनमा प्रयोग भइरहेको छ।
यो बिरामीको प्रतिरक्षा प्रणालीलाई क्यान्सर कोशिकाहरू पहिचान गर्न र मार्न मद्दत गर्न डिजाइन गरिएको हो। पहिलो चरणको परीक्षणको नतिजा निकै राम्रो आएको छ ।
स्टिभर यंग ट्रायलमा भाग लिने पहिलो बेलायती हुन् । जुन गेम चेन्जर साबित हुन सक्छ । यो परीक्षण छालाको क्यान्सरको सबैभन्दा घातक रोग मानिने मेलानोमाको लागि हो। यस रोगको पुनरावृत्तिको जोखिममा रहेका बिरामीहरूलाई सहयोग गर्नु यस परीक्षणको उद्देश्य हो। लण्डनमा प्रयोगका रुपमा स्टिभको उपचार सुरु गरिएको छ।
स्टिभरको २०२३ जुनमा टाउकोको माथिल्लो त्वचाबाट मेलानोमा हटाइएको थियो । उनी भन्छन्– ‘यो ट्रायल उनलाई फेरि क्यान्सर नहोस् भन्ने मौका हो। म पुर्ण रुपमा ठिक छु । अहिले हरेक तीन महिनामा सिटी स्क्यान र एमआरआइ गरिन्छ । यस परीक्षणबाट आउन नतिजाप्रति सकारात्मक छु ।’
यस उपचार विधिबाट बिरामीको क्यान्सरसँग कुन प्रोटिनको सम्बन्ध छ भनेर हेरिन्छ । त्यसपछि एमआरएन प्रविधि प्रयोग गरिन्छ । जसको प्रयोगले कैयौँ कोभिड भ्याक्सिन बनाइएको थियो ।
यो खोपको मद्धतबाट शरीरको रोग प्रतिरक्षा प्रणालीले क्यान्सरका कोशिकाहरूलाई निशाना बनाउछ । अहिले यसलाई एक क्यान्सरको औषधिसँग प्रयोग गरिएको छ । प्रारम्भिक नतिजाहरुले अबको तीन वर्ष पछि रोग पुनरावृत्ति र मृत्युको जोखिम लगभग आधा (४९प्रतिशत) घटाउने देखाएको छ ।
क्यान्सर रिसर्च युकेका डा. इयान फोक्स भन्नुहुन्छ–‘यो विशेष किसिमको उपचार हो । यो उपचार विधिले बिरामीको रोग प्रतिरोधात्मक क्षमतालाई क्यान्सरसँग लड्न तयार गर्छ । यो प्रभावकारी उपचार सावित हुनसक्छ।’
यो परीक्षण अन्तर्राष्ट्रिय स्तरमा भएको छ । बेलायती चिकित्सकहरूले करिब ७० बिरामीलाई यस ट्रायलमा समावेश गर्ने लक्ष्य लिएका छन् । बीबीसी