Logo
|
Wednesday 8th May 2024
Logo

epaper

प्याज सेवन गर्दा फाइदै–फाइदा (यस्ता छन् औषधीय गुण)



जनस्वास्थ्य सरोकार, काठमाडौँ ।  हामीले दैनिकरुपमा भान्सामा प्रयोग गर्दै आएको धेरै तरकारीहरुमा औषधीय गुण लुकेको हुन्छ । खाद्यन्नबाहेक हरियो सागसब्जीलगायत विभिन्न किसिमका चिजहरुले हाम्रो भान्सालाई स्वस्थ्य बनाउन मद्दत गरेको हुन्छ ।

खानाले हाम्रो शरिरमा काब्रोहाइडेटमात्र नभएर स्वास्थ्यलाई पनि सुरक्षित राख्ने तत्व दिइरहेको हुन्छ । प्याज, लसुन, धनिया, अदुवा, बेसार, ल्वाङलगायतका चिजहरुले हाम्रो शरीरलाई रोगसँग लड्ने क्षमताको विकास गरिरहेको हुन्छ ।

प्रत्येक बर्ष गर्मी बढेसँगै बढेको भाइरत ज्वरो, रुघाखोकी र डेङ्गुको माहामारी बढ्न थाल्छ । अहिले यही समस्या देखिएको । भाइरल ज्वरोसँगै डेँगूको संक्रमण बढ्दै गएको छ ।

रुघाखोकीको सामान्य लक्षण देखिएलगत्तै सामान्य आकारको प्याज दिनमा दुई/तीन पटक काँचै सेवन गर्दा रुघाखोकी तुरन्तै ठीक हुने विभिन्न अनुसन्धानहरुले देखाएको छ । ज्वरो तथा रुघाखोकी निको पार्नका लागि प्याजको परम्परागत प्रयोग तथा प्याजका एन्टीभाइरल गुणहरु बिभिन्न अनुसन्धानहरुले पुष्टि गरिसकेको हो ।

रुघाखोकी तथा ज्वरोको घरेलु उपचारमा प्रभावकारी हुने प्याजको सेवनले कोरोनाभाइरसको संक्रमण नियन्त्रणमा समेत लाभकारी हुन सक्छ । रुघाखोकी तथा रुघाखोकी सम्बन्धित ज्वरोबाट छुटकारा पाउने सर्वोत्तम घरेलु उपचारका रुपमा तपाई हाम्रो भान्छामा सजिलै उपलब्ध हुने प्याजको सेवन गर्न सकिन्छ ।

प्याजको फाइदाहरुः
– प्याजको सेवनले प्रतिरोधात्मक क्षमता बढाउँछ ।
– यसको नियमित सेवनले अनुहारमा नरमपन ल्याउनुका साथै आँखाको ज्योति बढाउँछ ।
– यसमा भिटामिन सी, फलामजस्ता बहुमूल्य खनिज पदार्थ तथा पोषक तत्व पाइन्छ ।
– प्याजमा लगभग ११ प्रतिशत कार्बोहाइड्रेट पाइन्छ ।
– गर्मी मौसममा काँचो प्याज खाँदा लू लाग्ने सम्भावनाबाट बचाउँछ ।
– काँचो प्याजको रसले पैताला र हातको हत्केलामा दल्दा लूबाट बच्न सकिन्छ ।
– पत्थरीको समस्यामा खाली पेट दुई चम्चा काँचो प्याजको रस पिउँदा फाइदा पुग्छ ।

सजिलोको लागि प्याजमा अलिकति नून तथा कागतीको रस राखेर पनि खान सकिन्छ । रुघाखोकीसँगै ज्वरो आएको खण्डमा प्याजलाई सानोसानो टुक्रा पारी दिनमा दुई/तीन पटकसम्म सुँघ्ने गरेमा ज्वरोसमेत पूर्णतया निको हुन्छ ।

यी जानकारी घरेलु अनुभव तथा विभिन्न अनुसन्धानहरुमा प्रकाशित तथ्यहरुका आधारमा रुघाखोकीको प्राथमिक उपचारमा सहयोगी हुन सक्ने देखिएको हुँदा प्रस्तुत गरिएका हुन् ।

यसको प्रयोगले सामान्यतया प्रभावकारी रहेतापनि जटिल प्रकृतिका बिरामी र कुनैपनि रोगको नियमित औषधी सेवन गरिरहेका बिरामीहरुले भने जुनसुकै औषधीजन्य बस्तु सेवन गर्नुअघि चिकित्सकको सल्लाह लिनु आवश्यक र जरुरी हुन्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्