Logo
|
Saturday 26th October 2024
Logo

epaper

हात्तीपाइलेविरुद्धको अभियानः नियमित औषधि सेवन गर्नेको संख्या अत्यन्त न्यून



जनस्वास्थ्य सरोकार, विराटनगर । मोरङ जिल्लामा १२ औ पटक हात्तीपाइले विरुद्धको औषधि खुवाइँदै छ । आगामी फागुन ११ गतेदेखि यो अभियान चल्न लागेको हो । हरेक वर्ष हात्तीपाइले विरुद्धको अभियान चलाईएपनि अहिलेसम्म औषधि प्रयोगको अवस्था कमजोर देखिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले पत्रकार सम्मेलन गर्दै यो वर्ष मोरङ जिल्लामा ८० प्रतिशत औषधिको प्रयोग पुर्‍याउने बताउनुभयो । मोरङमा १० पटकसम्मको औषधि सेवन अभियान चलाइँदा नियमित ५ पटक औषधि सेवन गर्ने १६ दशमलव ७८ प्रतिशत रहेका छन् । यो नियमित ५ पटक औषधि सेवन गर्नेको तथ्याङ्क हो ।

दैनिक ज्यालादारी, मौसमी कामदारले औषधि सेवन नगरेको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा सुरेश मेहताले बताउनुभयो । ‘औषधि सेवन नगर्नेमा दिर्घरोगी, जेष्ठ नागरिक पनि हुनुहुन्छ,’ उहाँले भन्नुभयो– ‘पुँजीपति, शिक्षित वर्ग, कर्मचारीले पनि नखाएको पाइएको छ ।’

हात्तीपाइले विरुद्धको ३ वटा औषधि खुवाउने गरेको बताएका मेहताले यो औषधि दुई वर्ष लगातार खाएमा हात्तीपाइलेबाट बच्न सकिने बताउनुभयो । औईभरम्याक्टिन, डाई-ईथाईलकारबामाजिन र अल्बेन्डाजोल हात्तीपाइले विरुद्धको औषधिले कुनै हानी नगर्ने डा मेहताले बताउनुभयो । हात्तीपाइले विरुद्धको औषधिले अहिलेसम्म कुनै हानि नगरेको र नगर्ने भयकोले निर्बाध औषधि सेवन गर्न आग्रह गर्नुभयो ।

मोरङ जिल्लाका ८ लाख नागरिकलाई औषधि खुवाउने कार्यालयको लक्ष्य छ । ११ लाख २८ हजार ९५७ जना खान मिल्न खालको नागरिक छन् । अभियान सञ्चालन गर्नका लागि करिब १० लाख बजेट जिल्ला स्वास्थ्य कार्यालयमा प्राप्त भएको बताउनुभयो।

दुई वर्ष उमेर नपुगेका केटाकेटीहरु, गर्भवती र ७ दिन सम्मका सुत्केरी आमाहरू, सिकिस्त बिरामीहरू, ओछ्यानबाट उठ्न कठिन वा कमजोर बनाउने शीघ्र वा दीर्घ रोग भएका बिरामीहरू, अस्पतालमा भर्ना भएका डायलाइसिस जस्ता चिकित्सा विधिहरूमा जीवन निर्भर हुने बिरामीहरूले हात्तीपाइले विरुद्धको औषधि सेवन गर्न नहुने जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्