तीन महिनाभित्र वीर अस्पतालमा ‘बर्न वार्ड’ सञ्चालनमा आउने नवनियुक्त कार्यकारी निर्देशक डा. सन्तोष पौडेलको जिकिर
जनस्वास्थ्य सरोकार, काठमाडौँ । वीर अस्पतालमा ‘बर्न वार्ड’ सञ्चालनमा आउने भएको छ । वीर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा. सन्तोष पौडेलले तीन महिनाभित्रमा सो वार्ड सञ्चालनमा ल्याउने बताउनुभएको छ ।
विसं २०७२ को भूकम्पले वार्ड रहेको भवन भत्किएपछि सेवा बन्द भएको थियो । “तीन महिनाभित्र बर्न वार्डसहित सघन उपचार कक्ष (आइसियु), शल्यक्रिया कक्ष हामीले सञ्चालन गर्ने र्छौँ, उहाँले भन्नुभयो अब जलन भएका बिरामीको उपचार गर्नेछौ ।
अस्पतालले नयाँ भवनबाट वार्ड सञ्चालन गर्ने छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले शुक्रबार डा. पौडेललाई अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त गर्नुभएको थियो ।
यसअघि कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को निमित्त कार्यकारी अधिकारीको जिम्मेवारी डा भूपेन्द्र बस्नेतले पाउनुभएको छ ।