Logo
|
Friday 22nd November 2024
Logo

epaper

स्वास्थ्यमन्त्री गिरी बिरामी सुरक्षासम्बन्धी पाँचौँ विश्व मन्त्रिस्तरीय शिखर सम्मेलनमा भाग लिन स्वीटजरल्याण्ड



जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरी मोन्ट्रक्समा आयोजना हुने बिरामी सुरक्षासम्बन्धी पाँचौँ विश्व मन्त्रिस्तरीय शिखर सम्मेलनमा भाग लिन स्वीटजरल्याण्ड प्रस्थान गर्नुभएको छ ।

गएराति मन्त्री गरी त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

उहाँसँगै मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेल र मन्त्रीका प्रमुख स्वकीय सचिव लक्ष्मण गिरीसमेत जानुभएको हो । विश्वका विभिन्न देशका स्वास्थ्यमन्त्रीको सहभागिता हुने बताइएको छ । मन्त्री गिरी सम्मेलनमा भाग लिई यही फागुन १४ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्