Logo
|
Monday 6th May 2024
Logo

epaper

चितवन मुटु अस्पतालमा अत्याधुनिक क्याथ ल्याब सेवा



जनस्वास्थ्य सरोकार, चितवन । चितवन मुटु अस्पतालमा अत्याधुनिक सेवा सहितको क्याथ ल्याब शुरु गरिएको छ ।

आज अस्पतालमा प्रमुख अतिथि प्रमुख अतिथि राष्ट्रिय मुटु तथा फोक्सो समाजका अध्यक्ष मुटु रोग विशेषज्ञ डाक्टर मणि प्रसाद गौतमले औपचारिक रुपमा ल्याबको शुभारम्भ गर्नुभयो ।

त्यस अवसरमा प्रा.डा. गौतमले चितवन मुटु अस्पतालले सुरु गरेको क्याथ ल्याब सेवाले मुटुका सबै खाले बिरामीहरूलाई सेवा दिन सक्ने बताउनुभयो । सबै वर्ग र समुदायका बिरामीहरूलाई सेवाको सहज सरल र प्रभावकारी पहुँच पुर्‍याउने प्रतिबद्धता उहाँले गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा. चन्द्रमणि अधिकारीले काठमाडौँ बाहिर पनि दिन शुरु गरिएको यस्ता सेवा विस्तारले मुटु रोगीको लागि ठूलो टेवा पुग्ने बताउनुभयो ।

अस्पतालका सल्लाहाकार डा. ईश्वरी राज लौडारीले चितवन मेडिकल सिटी भए पनि हेल्दी सिटी नभएको भन्दै सर्वसाधारणको पहुँचमा यस्ता सेवा पुगे मात्रै चितवन मेडिकल सिटी बन्न मदत पुग्ने बताउनुभयो ।

अस्पतालका अध्यक्ष तथा मुटु रोग विशेषज्ञ डाक्टर शङ्कर लौडारीले क्याथ ल्याब प्रविधिको बारेमा जानकारी दिनुभएको थियो । उहाँका अनुसार अस्पतालमा हालसम्म क्याथ ल्याबबाट २० जना बिरामीको उपचार गरि सकिएको छ ।

९ करोडको लागतमा यो मेशिन भित्राइएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्