Logo
|
Monday 6th May 2024
Logo

epaper

केमिकलयुक्त रङ्गकाे प्रयाेगले छालामा गर्ने असर र बच्ने उपाय



जनस्वास्थ्य सरोकार, काठमाडौँ । रङ्गहरुको पर्व फागु विषेशगरी एक अर्कालाई रङ्ग लगाई मनाइने चलन छ । तर ति रङ्गहरुले हाम्रो छालामा कति असर गर्छ र त्यसको असर के कति पर्छ भन्ने विषयमा हामी अनविज्ञ छाैं ।

केमिकलयुक्त रङ्गहरुको प्रयोग गर्दा छालामा धेरै समस्या हुने हुँदा सतर्क भएर होली खेल्न चिकित्सकले सुझाव दिएका छन् ।

फागु पर्व विशेष गरी रङ्गहरुको पर्व हो जस्मा आफ्ना साथीभाइ र परिवारमाँझ रङ्गमार्फत माया, सद्भाव साटासाट गरी मनाइने गरिन्छ । होलीमा विशेष गरी एक अर्कालाई विभिन्न रङ्ग लगाइने र पानी पनि खेल्ने गरिन्छ । तर पछिल्लाे समय चाडपर्वका नाममा विभिन्न समस्या पनि निम्तिने गरेका छन् ।

आजभोलि होलीको नाममा रङ्ग, पानीको प्रयोगसँगै केमिकलयुक्त पेन्टहरु पनि प्रयोग गर्ने गरेका छन् । जुन मानव स्वास्थ्यका लागि निकै नै हानिकारक हुने गरेका छन् ।

होलीको अवसरमा विभिन्न किसिममा रङ्ग र केमिकल मिश्रित पेन्ट प्रयोग गर्ने गरेका छन् । यस्ता किसिमका रङ्ग र पेन्टको प्रयोग गर्दा मानिसलाई विभिन्न किसिमका एलर्जी हुने गरेका छन् ।

होलीमा प्रयोग गरेका रङ्ग र हानिकारक पेन्टले शरीरमा रातो बिमिरा आउने, डाबर आउने र कुनै बेला स्वास्प्रस्वासमा पनि समस्या हुने चिकित्सको भनाइ छ । सबैको छाला एकै किसिमको नहुने भएकाले कोही प्रयोगकर्तालाई छिट्टै र लामो समयसम्म असर गर्ने हुन्छ ।

बाल अवस्थादेखि नै छालामा समस्या भएकाले सकभर रङ्ग र पेन्टको प्रयोग नगर्न चिकित्सकले सुझाएका छन् । होली खेल्दा घामबाट बचेर खेल्ने र सकेसम्म केमिकल युक्त पेन्टको प्रयोग नगर्दा सुरक्षित हुने चिकित्सककाे भनाइ छ ।

होली पछि विभिन्न किसिमका एरर्जी भएर र अन्य छाला सम्बन्धी समस्या लिएर अस्पताल पुग्नेको संख्यमा वृद्धि हुने गरेकाे चिकित्सकहरू बताउँछन् । यस्ता समस्याबाट बच्न होली खेलिसके पछि आफ्नो छालालाई सुहाउने सनस्क्रिम प्रयोग गर्नू पर्ने स्वास्थ्यकर्मीकाे सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्