Logo
|
Sunday 19th May 2024
Logo

epaper

विश्व मिर्गौला दिवस २०२३ः ‘स्वस्थ्य मिर्गौला सबैका लागि’



जनस्वास्थ्य सरोकार, काठमाडौँ । आज विश्व मिर्गौला दिवस । ‘स्वस्थ्य मिर्गौला सबैका लागि’ भन्ने मुल नाराका साथ यो दिवस विभिन्न कार्यक्रमहरु गरी मनाइँदैछ ।

हरेक वर्षको मार्चको दोस्रो बिहिबार विश्व मिर्गौला दिवस मनाउने गरिन्छ । सन् २०२३ मा यो दिवस मार्च ९ तारेकमा परेको छ ।

मिर्गौलाको दीर्घरोग एउटा डरलाग्दो रोग हो । यस रोगको पूर्णतया निको हुने उपचार छैन । मिर्गौलाको दीर्घरोग विश्वभरि नै डरलाग्दो रूपले बढी रहेको छ ।

प्रत्येक दशजना मध्ये एकजनामा कुनै न कुनै प्रकारका मिर्गौलाको दीर्घरोग हुनसक्छ । मधुमेह, उच्च रक्तचाप, ग्लोमेरुलोनेफ्राइटिस (पिसाबबाट प्रोटिन जाने रोग), मोटोपना, धूम्रपान तथा उच्च कोलेस्टेरोलको बढ्दो समस्या मिर्गौलाको दीर्घरोगको मुख्य कारण मानिन्छ ।

सन् २००६ देखि मनाउन शुरु गरिएको विश्व मिर्गौला दिवसको मुख्य उद्देश्य व्यक्तिलाई मिर्गौला रोगबारे जागरुक गराउने र समस्याको निदान गर्ने नै हो ।

इन्टरनेशनल सोसाइटी अफ किड्नी डिसिजेस र इन्टरनेशनल सोसाइटी अफ नेफ्रोलोजीले लगातार बढिरहेको मिर्गौला रोगलाई मध्य नजर गरेर दिवसका रुपमा मनाउन शुरु गरेको हो ।

यो इन्टरनेशनल सोसाइटी फर नेफ्रोलोजी एवं द इन्टरनेशनल फेडरेसन अफ फाउन्डेसनको संयुक्त पहलमा भएको हो ।

प्रतिक्रिया दिनुहोस्