Logo
|
Sunday 19th May 2024
Logo

epaper

रक्तसञ्चार केन्द्र हेटौंडाले रक्ततत्व छुट्याएर सेवाग्राहीको माग अनुसार रगत उपलब्ध गराउने



जनस्वास्थ्य सरोकार, हेटौडा । रक्तसञ्चार केन्द्र हेटौंडाले रक्ततत्व छुट्याएर सेवाग्राहीको आवश्यकतानुसार रगत वा रक्ततत्वमात्र उपलब्ध गराउनसक्ने भएको छ ।
यसअघि रगतमात्र उपलब्ध गराउँदै आएको रक्तसञ्चार केन्द्र हेटौंडाले अबदेखि रगत वा रक्ततत्वमात्र उपलब्ध गराउनसक्ने भएको हो ।

अमेरिकी रेडक्रसको सहयोगमा करिब ५० लाख बराबरको सेन्ट्रीफ्युज मेसिन प्राप्त भएपछि यसरी रक्ततत्वमात्र छुट्याएर बिरामीको उपचारमा सहजता पु¥याउन सकिने भएको हो ।

रक्तसञ्चार केन्द्र हेटौंडाका प्रमुख टंकप्रसाद दाहालका अनुसार हेटौंडा उपमहानगरपालिकाले रगत र रक्ततत्व सुरक्षित राख्न आवश्यक उपकरण खरिद गर्न १५ लाख उपलब्ध गराएको छ । मनहरी गाउँपालिकाले पनि सेवा विस्तारका लागि कार्यालय व्यवस्थापन गर्न ७ लाख उपलब्ध गराएकोे छ ।

रक्तसञ्चार केन्द्रले सेवा विस्तारका लागि आवश्यक तयारी पूरा गरेर रक्ततत्व छुट्याउने कार्यको परीक्षण पूरा भएको र अबदेखि रक्ततत्वसमेत छुट्याएर आवश्यकतानुसार सेवाग्राहीलाई उपलब्ध गराउन सकिने रक्तसञ्चार केन्द्र हेटौंडाका प्रमुख दाहालले बताउनुभयो ।

अबदेखि सेतो रक्ततत्व, रातो रक्ततत्व, प्लेट्लेट्स र प्लाज्मा छुट्टाछुट्टै उपलब्ध गराउन सकिने भएको छ । प्राविधिक जनशक्तिका रुपमा रक्तसञ्चार केन्द्रका प्राविधिक किशोर सापकोटालाई तालिममा सहभागी गराइएको छ । रक्ततत्व आवश्यक पर्दा चितवन जानुपर्ने समस्या हल हुने भन्दै रक्तसञ्चार केन्द्र हेटौंडाले चितवन जिल्लामा उपलब्ध हुने सेवा बराबरकै सेवा हेटौंडामा प्रदान गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्