Logo
|
Sunday 19th May 2024
Logo

epaper

पञ्चकन्या गाउँपालिकामा ४२ जनाको निःशुल्क मोतिबिन्दुको शल्यक्रिया



जनस्वास्थ्य सरोकार, नुवाकोट । नुवाकोटको पञ्चकन्या गाउँपालिकामा निशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न भएको छ ।
पञ्चकन्या गाउँपालिकाको वडा नं १, २, ३, ४ र ५ मा ४२ जनाको मोतिबिन्दुका बिरामीहरुको निशुल्क शल्यक्रिया गरिएको गाउँपालिकाका अध्यक्ष तेज बहादुर तामाङ्गले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा ५२ देखि ८७ वर्ष सम्मका बिरामीहरुको निशुल्क मोतिबिन्दुको शल्यक्रिया गरिएको छ ।


पी रविनहुड फाउन्डेसन र गाउँपालिकाको आर्थिक सहयोग एवं दृष्टि आँखा अस्पतालको प्रविधिक सहयोगमा सातकन्या नमुना आधारभूत विद्यालयको भवनमा फागुन २५ र २६ गते शिविर सञ्चालन गरिएको थियो । शिविरमा डा. भाइराजा श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले मोतिबिन्दुको शल्यक्रिया गर्नुभएको थियो ।


त्यसैगरी गाउँपालिकाको वडा १, २ र ५ वडाका मोतिबिन्दुका बिरामीहरुको भने फागुन २६ शल्यक्रिया गरिएको फाउन्डेसनका कार्यक्रम संयोजक स्मृती शर्मा तिवारीले जानकारी दिनुभयो ।


शल्यक्रिया शिविर कार्यक्रममा गाउँपालिका अध्यक्ष तामाङ्ग, फाउन्डेसनका कार्यक्रम संयोजक तिवारी, दृष्टि आँखा अस्पताल प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्