Logo
|
Sunday 19th May 2024
Logo

epaper

निजामति कर्मचारी अस्पतालले स्थायी पदपूर्तिका लागि विज्ञापन खुलाएपछि चिकित्सक तथा कर्मचारीहरु आक्रोषित




जनस्वास्थ्य सरोकार, काठमाडौं । निजामती कर्मचारी अस्पतालले रिक्त रहेका पदहरुमा स्थायी पदपूर्तिका लागि खुला तथा समावेशी प्रतियोगिताबाट छनोटका लागि फागुन ३० गते विज्ञापन खुलाएपछि अस्पतालका चिकित्सक तथा कर्मचारीहरु आक्रोषित बनेका छन ।


अस्पतालका कर्मचारी संगठनहरुले संयुक्त विज्ञप्ती जारी गर्दै विगतमा कर्मचारीको हितमा विनियामावली संसोधन, तहमिलान, सेवा अवधि गणना गरी सम्मानजनक बढुवा लगायतका विषयमा भएको सहमतिको उपेक्षा गरी पेशागत हकहितका विरुद्ध अस्पताल व्यवस्थापक अघि बढेको भन्दै गम्भिर आपत्ति जनाएका हुन् ।


‘निजामती कर्मचारी अस्पतालमा कार्यरत सम्पुर्ण चिकित्सक तथा कर्मचारीहरुको भविश्य अन्धकार हुनेगरी २०७९ फागुन ३० गते गोरखापत्र दैनिकमा प्रकाशित खुला, सिमित र कार्यसम्पादन मुल्याङ्कनको आधारमा खोलिएको विज्ञापन प्रति हाम्रो गम्भिर आपत्ति छ । सम्पुर्ण चिकित्सक तथा कर्मचारीहरुलाई अस्पताल व्यवस्थापकको रबैयाप्रति विचलित नभई थप सशक्त आन्दोलनमा उल्लेख्य भूमिका निर्वाह गर्नुहुनेछ भन्ने विश्वास लिएका छाँै ।’–कर्मचारी संगठनद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
त्यसैगरी कर्मचारी संगठनहरुले विगतमा निसर्त रोकिएका अन्दोलनका कार्यक्रमहरु पुन सुरु गर्ने चेतावनी समेत दिएका छन । यसबाट सिर्जना हुनसक्ने परिस्थितिको सम्पुर्ण जिम्मेवार व्यवस्थापक स्वंमम हुनुपर्ने निजामति कर्मचारी अस्पताल कर्मचारी संघले जनाएको छ ।

हेरौँ विज्ञापनः 

प्रतिक्रिया दिनुहोस्