Logo
|
Sunday 19th May 2024
Logo

epaper

भरतपुर अस्पतालद्धारा १२ जना मेडिकल अधिकृत माग



जनस्वास्थ्य सरोकार, चितवन । चितवनस्थित भरतपुर अस्पताल १२ जना मेडिकल अधिकृत तथा विशेषज्ञ डाक्टर माग गरेको छ । अस्पतालले सूचना प्रकाशित गर्दै आठौँ तहमा मेडिकल अधिकृत र केही विशेषज्ञ डाक्टर माग गरेको हो ।

आठौँ तहको मेडिकल अधिकृत १२ जना भनी माग गरिएको छ । तर अस्पतालले १२ जनामध्ये ४ जना विशेषज्ञ चिकित्सकका लागि आवेदन खोलिएको तल उल्लेख गरेको छ । जसमा एक अर्थोपेडिक सर्जन, एक जनरल सर्जन र २ जना एनेस्थेसियोलोजिस्ट आवश्यक परेको भनेको छ ।

योग्यता पुगेका इच्छुकलाई ७ दिनभित्र आवेदन दिन आह्वान गरिएको छ । आवश्यकताको सूचनामा आजको मिति राखिएपनि अस्पतालको पेजमा हिजो नै सूचना राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्