Logo
|
Wednesday 24th April 2024
Logo

epaper

भारतमा फैलियो ‘एचथ्री एनटू’ भाइरस, ३५२ जनामा संक्रमण, ९ जनाको मृत्यु

संक्रमितमा खोकी, ज्वरो र श्वासप्रश्वाससम्बन्धी समस्या देखिने



जनस्वास्थ्य सरोकार, काठमाडौं । भारतको राजधानी नयाँदिल्लीसहित महाराष्ट्र र गुजरातलगायतका राज्यमा नयाँ भाइरस फैलिएको छ । ‘एचथ्री एनटू’ नामक नयाँ भाइरसबाट अहिलेसम्म भारतमा ३५२ जना संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

सबैभन्दा बढी महाराष्ट्रमा यसको प्रभाव देखिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । बीएमसीकाअनुसार मुम्बईमा मात्रै ३२ जनामा संक्रमण पुष्टि भएको छ ।

‘एचथ्री एनटू’ को खतरा बढ्दै गएपछि त्यहाँका मुख्यमन्त्री एकनाथ शिन्देले आज स्वास्थ्य अधिकारीहरूसँग बैठकसमेत डाकेका छन् । बैठकमा उपमुख्यमन्त्री देवेन्द्र फडणवीस र स्वास्थ्यमन्त्री तानाजी सावन्त पनि सहभागी हुनेछन् ।

बिरामीहरूमा लामो समयसम्म खोकी लाग्ने, ज्वरो आउने र श्वासप्रश्वाससम्बन्धी समस्या देखिने गरेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्