महाराजगञ्ज मेडिकल क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी
जनस्वास्थ्य सरोकार, काठमाडौँ । महाराजगञ्ज मेडिकल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को प्यानल नै विजयी भएको छ।
आइतबार राती सकिएको मतपरिणाम अनुसार अनेरास्ववियुका उम्मेदवार आनन्द कुमार सिंहको ५८६ र नेपाल विद्यार्थी संघकी उम्मेदवार अविशिखा न्यौपानेको ५८४ मत आएको छ। दुई मतको फरकले आनन्दले जित हासिल गर्नुभएको हो ।
सचिवमा अनेरास्ववियुकी उम्मेदवार विपना न्यौपानेले ६३८ मत ल्याएर जित हासिल गर्नुभएको छ । नेविसंघका पारस खड्काले ५२९ मत प्राप्त गर्नुभएको छ ।
कोषाध्यक्षमा अनिलकुमार साहले ६२९ मत ल्याएर जित हासिल गर्नुभएको छ भने सुमन वलीले ५३३ मत ल्याउनुभएको छ ।
सदस्यहरुमा अनेरास्ववियुकै उम्मेदवार प्रतिभा आचार्य ६३९, वीरेन्द्र कुँवर ६६१, सोमराज गिरी ६१९, युवराज पौडेल ६२८, अनुप सुवेदी ६६३, रितेशकुमार साह ५७९ र अशोक साहले ५७९ मत ल्याएर जित हासिल गर्नुभएको छ ।
निर्वाचनमा प्रत्यक्षतर्फ ११८१ मत खसेको थियो। जसमध्ये ११७९ मत सदर र २ मत बदर भएको थियो।
समानुपातिकतर्फ अनेरास्ववियुले ५३७ मत ल्याएको छ भने नेविसंघले ५१७ मत प्राप्त गरेको छ।