Logo
|
Saturday 1st February 2025
Logo

epaper

महाराजगन्ज नर्सिङ क्याम्पसको सभापतिमा अनेरास्ववियुकी नोविना बस्नेत विजयी



जनस्वास्थ्य सरोकार, काठमाडौँ । महाराजगन्ज नर्सिङ क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुकी नोविना बस्नेत सभापतिमा विजयी हुनुभएको छ । आइतबार सम्पन्न निर्वाचनमा उहाँ झण्डै दोब्बर मतान्तरले विजयी हुनुभएको हो ।

नोविनाले २१७ मत प्राप्त गर्नुभएको छ भने उहाँको प्रतिस्पर्धी नेविसंघकी उम्मेदवार धनुष विश्वकर्माले १३३ मत मात्र ल्याउनुभएको छ । नोविनासहित अनेरास्ववियु प्यानल नै विजयी भएको हो ।

यसैगरी, सचिवमा सजिना पन्थ, कोषाध्यक्षमा आयष्मा राय विजयी हुनुभएको छ । सदस्यहरुमा कन्चन सापकोटा, सीमा केसी, विन्जना केसी मन्जुशा न्यौपाने र अविषा कार्की विजयी हुनुभएको छ । महाराजगन्ज नर्सिङ क्याम्पसमा ३५१ मत खसेकामा १ मत बदर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्