Logo
|
Thursday 25th April 2024
Logo

epaper

मौसमी फ्लुको जोखिम : सचेत रहन चिकित्सकको आग्रह



जनस्वास्थ्य सरोकार, काठमाडौँ । मौसम परिवर्तनसँगै यतिबेला मौसमी फ्लुको जोखिम बढेको छ । अझ केहि साता यता भारतमा देखिएको फ्लु एचथ्री एनटु नेपालमा पनि सक्रिय हुन थालेको छ । जसका कारण यो भाइरसँग मिल्दोजुल्दो लक्षण लिएर अस्पताल पुग्नेको संख्या समेत बढ्न थालेको छ ।

मौसम परिवर्तनसँगै फ्लुका विरामी बढ्नु समान्य मानिन्छ । यतिबेला ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने, जिउ दुख्ने, टाउको दुख्ने जस्ता समस्या लिएर अस्पताल पुग्ने विरामीको संख्या पनि बढेको छ ।

यस्ता स्वास्थ्य समस्या लिएर अस्पताल पुग्ने मध्ये कतिपयमा फ्लु ‘ए’ र ‘बी’ दुवै पुष्टि भएको छ । तर एचथ्री एनटु नयाँ भाइरस भने अहिलेसम्म देखिएको छैन । ए, बी, सी र डी गरी चार प्रकारका फ्लु हुने गर्दछ ।

विभिन्न प्रकारका फ्लुले गराउने स्वास्थ्य जटिलता पनि फरक फरह हुने गर्दछ । तर ए र बी फ्लुले भने मानव स्वास्थ्यमा बढी दिने असर गर्ने गरेको चिकित्सकहरुको भनाई छ ।

केही दिनयता भारतमा एचथ्री एनटु फ्लु तीब्र रुपमा फैलिँदै गएको छ । एचथ्री एनटु फ्लुको कारणले भारतमा नागकिको मृत्यु भएको समेत भारतीय संचार माध्यमले जनाएका छन् ।

नेपालमा पनि सन् २०२३ को सुरुवातदेखि एचथ्री एन टु फ्लु भाइरस सक्रिय रुपमा रहेको पाइन्छ । यो भाइरसलाई लिएर खासै चिन्ता गर्नु नपर्ने तर जोखिम उमेर समूहहरुले भने सावधानी अपनाउन आवश्य भएको चिकित्सहरुको भनाई छ ।

पछिल्लो समय रुघाखोकी, ज्वारो, घाँटी दुख्ने, पखाला लाग्ने जस्ता समस्या केहि बढेको छ । तर यस्ता लक्षण देखिँदैमा एचथ्री एनटु फ्लु नै हो भनेर यकिन गर्न सकिदैन ।

जसका लागि परीक्षण आवश्यक छ । भाइरसबाट बच्न कोराना भाइरसमा जस्तै स्वास्थ्य मापदण्ड अपनाउनु आवश्यक छ । साथै जोखिम समूहका जेष्ठ नागरिक, दीर्घरोगी, बालबालिका, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका, गर्भवती महिलाहरु फ्लु भाइरसको उच्च जोखिम भएकाले यस्ता समूहले फ्लु विरुद्धको खोप लगाउन आवश्यक रहेको चिकित्सकहरुको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्