Logo
|
Saturday 1st February 2025
Logo

epaper

मनमोहन कार्डियोथोरासिक सेन्टरमा २० जना स्टाफ नर्सलाई रोजगारीको अवसर



जनस्वास्थ्य सरोकार, काठमाडौँ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले स्टाफ नर्सको माग गरेको छ । शुक्रबार सेन्टरले जारी गरेको सूचनामा स्थायी नर्सको पदपुर्ति नहुँदासम्म करारमा २० जना स्टाफ नर्सको माग गरेको उल्लेख छ ।

महिला स्टाफ नर्सको उमेर १८ देखि ४५ वर्षसम्म र पुरुषको हकमा ४५ वर्ष नकटेको हुनुपर्ने बताइएको छ । आवेदकले चैत १० देखि २४ गतेसम्म भरिसक्नुपर्नेछ ।

आवेदकल फारम भर्दा १५ सय रुपैयाँ बुझाउनुपर्नेछ । आवेदकले २७ गते सम्पर्क गर्नुपर्नेछ । लिखित परीक्षा आगामी वैशाख २ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्