स्वास्थ्य संस्थाहरुको विवरण संकलनमा महानगरलाई सहयोग गर्न विभागको आग्रह
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौं महानगरले स्वास्थ्य संस्थाहरु विवरण संकलन गरिरहँदा महानगरलाई सहयोग गर्न स्वास्थ्य सेवा विभागले आग्रह गरेको छ ।
महानगरले आफ्नो नगरभित्र रहेका सम्पूर्ण प्रकारका स्वास्थ्य संस्थाहरुको विवरण संकलन गर्ने बताएसँगै विवरण संकलनमा सहयोग गर्नका लागि स्वास्थ्य सेवा विभागले आग्रह गरेको हो ।
विवरण संकलनका लागि महानगरपालिकाले प्रत्येक वडाहरुमा महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिसकेको छ ।
तथ्यांक संकलनका लागि आउने उनीहरुलाई सहयोग गर्नका लागि विभागले आग्रह गरेको हो ।