देशभर थप ३८ जनामा कोरोना संक्रमण, १४ जना संक्रमणमुक्त
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट १८५ जनाको पीसीआर र ५१६ जनाको एन्टीजेन परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको हो।
सो अवधिमा १४ जना संक्रमणमुक्त भएका छन ।