राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

जनस्वास्थ्य सरोकार, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल शिक्षण अस्पताल महाराजगञ्जबाट डिस्चार्ज हुनुभएको छ । स्वास्थ्यलाभ गरी उहाँ आज शीतल निवास फर्कनुभएको हो ।
पेटमा समस्या आएपछि गत शनिबार उहाँ अस्पताल भर्ना हुनुभएको थियो । उहाँको स्वास्थ्य अवस्था बुझ्न, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेताहरु अस्पताल पुग्नुभएको थियो ।