गोकर्णेश्वर नगर अस्पतालमा आँखा सेवा सुरु
जनस्वास्थ्य सरोकार, काठमाडौँ । गोकर्णेश्वर नगर अस्पतालमा आँखा सेवाको सुरुवात भएको छ। नेपाल दृष्टि विशेषज्ञ संघले गोकर्णेश्वर नगरपालिकासंगको सहकार्यमा गोकर्णेश्वर नगर अस्पतालमा सो सेवा प्रारम्भ गरेको हो।
बुधबार अस्पतालमा आयोजित विशेष कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले आँखा सेवाको उद्घाटन गर्नुभयो ।
अप्टोमेट्री गिभिङ साइटको आर्थिक सहयोग र नेपाल दृष्टि विशेषज्ञ संघको नेतृत्वमा उक्त आँखा युनिट सञ्चालनमा आएको हो। यस सेवा विस्तारबाट अस्पतालमा आउने बिरामी, सेवाग्राही तथा समस्त गोकर्णेश्वर नगरपालिका बासीले आँखाको प्राथमिक सेवा प्राप्त गर्न सक्ने बताइएको छ।
नेपाल दृष्टि विशेषज्ञ संघ, नेपालका दृष्टि विशेषज्ञहरुको छाता संगठन हो। दृष्टि विशेषज्ञ पेशाको पहिचान, स्थापना र हकहितका लागि सन् २००३ मा स्थापित यस संगठनले नेपालमा गुणस्तरीय तथा सर्वशुलभ रुमपा आँखा स्वास्थ्य सेवा सबैको पहुँचमा पुर्याउन दृष्टि विशेषज्ञको महत्वपूर्ण भूमिकालाई उजागर तथा स्थापित गर्न विभिन्न क्रियाकलाप अन्तर्गत नीति पैरबी पनि गर्दै आएको छ।