Logo
|
Sunday 12th January 2025
Logo

epaper

स्वास्थ्य सेवा सर्वसुलभ र गुणस्तरीय बनाउन प्रयत्न भइरहेको प्रधानमन्त्री दाहालको भनाइ



जनस्वास्थ्य सरोकार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले स्वास्थ्य सेवा सर्वसुलभ र गुणस्तरीय बनाउन प्रयत्न भइरहेको बताउनुभएको छ । विश्व स्वास्थ्य दिवस २०२३ का अवसरमा आज प्रधानमन्त्री दाहालले भिडियो सन्देशमार्फत सो कुरा बताउनुभएको हो ।

स्वास्थ्य संरचनाको सुदृढिकरण, जनशक्ति व्यवस्थापन र सामुदायिक स्वास्थ्यको प्रवद्र्धन गर्न जरुरी रहेको उहाँको भनाइ छ ।


विश्व स्वास्थ्य संगठनको स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ मा डब्लुएचओ आवद्ध नेपाल लगायत १ सय ७४ राष्ट्रमा यो दिवस मनाउने गरिन्छ । यस वर्षको नारा ‘सबैका लागि स्वास्थ्य’ भन्ने रहेको छ । सन् १९४८ मा स्थापना भएको डब्लुएचओको ७५ औं वार्षिकोत्सव हो । नेपाल सन् १९५३ मा डब्लुएचओको सदस्य राष्ट्र भएको थियो ।

प्रतिक्रिया दिनुहोस्