Logo
|
Friday 31st January 2025
Logo

epaper

ह्याम्स अस्पतालको हेलिप्याडमा अवतरण गर्दा एयरडायनाष्टिको नाइन एन जे डी हेलिकप्टरको पुच्छरमा क्षति



जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको धुम्बराहीस्थित ह्याम्स अस्पतालको हेलिप्याडमा अवतरणको क्रममा एयरडायनाष्टिको नाइन एन जे डी हेलिकप्टरको पुच्छरमा क्षति पुगेको छ ।

भरतपुरबाट बिरामी ल्याउन चिकित्सकसहितको टोली लिएर जान ह्याम्समा आएको सो हेलिकप्टर अस्पतालको हेलिप्याडमा अवतरणका क्रममा पछाडिको पुच्छरको पंखा (टेल रोटर) खुस्किएको थियो ।

तर कुनै पनि मानवीय क्षति भएको छैन ।

अस्पतालका अध्यक्ष आर.एस.भण्डारीले बिरामी लिन ह्याम्समा आएको हेलिकप्टर अवरण पश्चात् पुच्छरको पंखा (टेल रोटर) उछिटिको बताउनुभयो । सो हेलिकप्टर मर्मत सम्भारपश्चात् लैजाने उहाँले जानकारी गराउनुभयो ।

हेलिकप्टर अहिले अस्पतालको हेलिप्याडमा नै छ र थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।

सो हेलिकप्टरको पुच्छरको पंखा किन खुस्कियो भन्ने कुरा अनुसन्धानको विषय बनेको छ ।

बिरामी लिन अर्को हेलिकप्टर पठाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्