Logo
|
Friday 31st January 2025
Logo

epaper

रास्वपाका सांसद डा. ढाकाकुमार श्रेष्ठले दुर्गा प्रसाईसँग दुई करोड रकम मागेको अडियो सार्वजनिक



जनस्वास्थ्य सरोकार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड रकम मागेको अडियो सार्वजनिक भएको छ ।

मन्त्री बन्ने भए साढे २ करोड बुझाउन पार्टी सभापति रवि लामिछानेले मागेको भन्दै सांसद श्रेष्ठले प्रसाईंसँग कुराकानी गरेको अडियो सार्वजनिक भएको हो ।

अडियो सार्वजनिक भएपछि पार्टीले सांसद श्रेष्ठलाई कारबाहीको तयारी गरेको छ । रास्वपाका महामन्त्री डा. मुकुल ढकालले विज्ञप्ति जारी गर्दै सांसद श्रेष्ठलाई पार्टीको अनुशासन तथा आचरण समितिमा २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिनुभएको छ ।

‘डा. श्रेष्ठको स्वरमा स्वास्थ्यमन्त्री बन्न पैसा दिनुपर्छ भन्ने संवाद रहेको उक्त टेलिफोन वार्ताका सम्बन्धमा सत्यतथ्य छानबिन गरी ३ दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेस गर्न पार्टीको केन्द्रीय अनुशासन समितिलाई निर्देशन दिइएको छ,’ महामन्त्री डा. ढकालद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्