Logo
|
Saturday 27th April 2024
Logo

epaper

देशभर थपिए १०६ कोरोना संक्रमित, १२ जना आईसीयू र ३ जना भेन्टिलेटरमा उपचाररत



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा कोरोना भाइरसको महामारी बढ्दो क्रममा रहेको छ । बिहीबार १०६ संक्रमित थपिएका छन् । जसमा ५४१ पीसीआर परीक्षणबाट ६४ तथा ९४७ एन्टिजेन परीक्षणबाट ४२ संक्रमित थपिएका हुन् । 

बिहीबार ७४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसैगरी ३१ हजार ५५५ जनाले खोप लगाएका छन् । 

हाल पीसीआर परीक्षणबाट संक्रमित पुष्टि भएका सक्रिय संक्रमितको संख्या ४३५ रहेको छ । 

काठमाडौं उपत्यकामा भने अस्पतालमा भर्ना हुने संक्रमित बढेका छन् । जसमा २७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । 

त्यस्तै १२ जना आईसीयूमा तथा ३ जना भेन्टिलेटरमा रहेका छन् । बिहीबार थप कसैको ज्यान गएको छैन ।

प्रतिक्रिया दिनुहोस्