Logo
|
Friday 27th December 2024
Logo

epaper

देशभर थप ९९ जनामा कोरोना संक्रमण, ३७७ जना सक्रिय संक्रमित



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६०४ नमुनामध्‍ये ३६४ जनाको पीसीआर परीक्षण गर्दा ५० जना र १ हजार २४० जनाको एन्टीजेन परीक्षण गर्दा ४९ जना गरी ९९ जनामा कोरोना संक्रमण देखिएको हो ।

नेपालमामा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ३७७ पुगेको छ । त्यसैगरी संस्थागत आइशोसेलनमा ३७ जना, आइसीयूमा ११ जना र भेन्टिलेटरमा ४ जना उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्