Logo
|
Saturday 27th April 2024
Logo

epaper

देशभर १०४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १ जनाको निधन भएको हो ।

१ हजार ६ सय ३२ नमुनामध्‍ये ५७१ जनाको पीसीआर परीक्षणण गर्दा ६३ जनामा कोरोना देखिएको थियो । यस्तै, १ हजार ६१ जनाको एन्टीजेन परीक्षण गर्दा ४१ जना देखिएको थियो । पीसीआर र एन्टीजेन दुवै परीक्ष गर्दा कूल १०४ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार कोरोनाको सक्रिय संक्रमितको संख्या ३७९ पुगेको छ । हाल संस्थागत आइशोलेशनमा ३४ जना, आईसीयूमा ७ जना र भेन्टिलेटरमा ३ जना उपचाररत रहेको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्