Logo
|
Saturday 27th April 2024
Logo

epaper

कोरोनाबाट एकै दिन दुई जनाको मृत्यु, १७१ जनामा संक्रमण



जनस्वास्थ्य सरोकार, काठमाडौं । कोरोना भाइरसबाट मंगलबार एकैदिन दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार २५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै १७१ नयाँ संक्रमित थपिएका छन् । यो गत वर्षदेखिकै उच्च हो । ९८० पीसीआर परीक्षणबाट १०५ तथा १ हजार ३१२ एन्टिजेन परीक्षणबाट ६६ जनामा संक्रमण देखिएको हो ।

हाल सक्रिय संक्रमित पीसीआर परीक्षणबाट ३९७ पुगेका छन् । जसमा काठमाडौं उपत्यकाका २२ जना संस्थागत आइसोलेसनमा, ८ जना आईसीयूमा तथा ४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

८५ जनामात्र संक्रमणमुक्त भएका छन् । ३१ हजार ४९३ जनाले खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्