नेपाल मेडिकल काउन्सिलको वार्षिक परीक्षा तालिका सार्वजनिक
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ ।
काउन्सिलले सुचना जारी गर्दै स्नातक तहको प्रमाणपत्र परीक्षा २०८० साल जेठ १७, १८ र १९ गते, असोज १०, ११ र १२ गते र माघ १७, १८ र १९ गते संचालन हुने जनाएको छ ।
यस्तै स्नातकोत्तर तहको विशेष परीक्षा २०८० साल साउन ११ र १२ गते र मंसिर १४ र १५ गते तथा चैत्र २२ र २३ गते संचालन हुने छ।