Logo
|
Sunday 5th May 2024
Logo

epaper

एम्बुलेन्स सञ्चालन पत्र नवीकरण गर्न स्वास्थ्य मन्त्रालयको आग्रह



?

जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्बुलेन्स सञ्चालन अनुमति एवम् नवीकरण पत्र लिएर मात्र एम्बुलेन्स सञ्चालन गर्न अनुरोध गरेको छ ।

मन्त्रालयले आज सूचना जारी गर्दै केही एम्बुलेन्सले जनस्वास्थ्य ऐन २०७५ को प्रावधानअनुसार सञ्चालन अनुमति एवम् नवीकरण पत्र नलिईकन एम्बुलेन्स सञ्चालन गरिरहेको पाइएको जनाएको छ । राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ अनुसार हरेक दुई वर्षमा एम्बुलेन्स सञ्चालन अनुमति नवीकरण गर्नुपर्दछ ।

सञ्जालमा आबद्ध हुन पनि सबै एम्बुलेन्स सञ्चालकहरुलाई सूचनामा ३५ दिनभित्र सो निर्देशिकाअनुसार मापदण्ड पूरा गरी एम्बुलेन्स सञ्चालन अनुमति तथा नवीकरण प्रमाणपत्र लिई एम्बुलेन्स सञ्चालनमा आबद्ध हुन मन्त्रालयले भनेको छ । उक्त अवधिमा सम्बन्धित सबैले सञ्चालन अनुमति तथा नवीकरण नगरेको पाइएमा कारबाही हुने समेत सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्