Logo
|
Friday 24th January 2025
Logo

epaper

टाइफाइडबाट बच्न सरसफाइमा ध्यान दिन मन्त्रालयको आग्रह



जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले टाइफाइड रोगबाट बच्नका लागि सरसफाइमा ध्यान दिन आग्रह गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले फोहर गर्दा टाइफाइड लाग्ने भएकाले सरसफाइमा ध्यान दिन सबैलाई आग्रह गरिएको बताउनुभयो ।

‘ढल वा संक्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगको जीवाणु स्वस्थ व्यक्तिमा दूषित खाना वा पानीको माध्यमबाट सर्दछ’, उहाँले भन्नुभयो -‘त्यसैले टाइफाइड रोगबाट बच्ने मुख्य उपाय भनेको व्यक्तिगत सरसफाइ र वातावरण स्वच्छ राख्नु हो ।’

मन्त्रालयले सफा चर्पीको प्रयोग गर्ने र बच्चाको दिसा चर्पीमा फाल्ने, बेला-बेलामा साबुनपानीले मिचीमिची हात धुने, राम्ररी पकाएको र सधैँ छोपेर राखेको खानामात्र खाने गर्नुपर्दछ । यस्तै बासी, सडेगलेको र झिङ्गा भन्केको खाना कहिल्यै नखाने र पानीलाई उमालेर, फिल्टर गरेर वा क्लोरिन ताबेल प्रयोग गरी सफा र सुरक्षित पानी पिउने गर्न समेत मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्