Logo
|
Saturday 27th April 2024
Logo

epaper

सार्वजनिक स्थानमा धूम्रपान नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्देशन



जनस्वास्थ्य सरोकार, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थानमा सूर्तिजन्य पदार्थ सेवन नगर्न–नगराउन निर्देशन दिएको छ ।

जिल्ला प्रशासन कार्यालयले बिहीवार एक सूचना जारी गरी सूर्तिजन्य पदार्थ सेवन नगर्न–नगराउन ५ बुँदे निर्देशन दिएको हो ।

जारी सूचनामा ‘सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन) ऐन, २०६८ को दफा ४ अनुसार सार्वजनिक स्थलमा धूम्रपान तथा सूर्तिजन्य पदार्थ सेवन गर्न नहुने’ कानूनी व्यवस्थाअनुसार सो निर्देशन दिइएको उल्लेख छ ।

सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठद्धारा जारी सूचनामा पार्क, सरकारी कार्यालय, शिक्षण संस्था, सार्वजनिक सवारी साधन, विमानस्थल, सार्वजनिक शौचालय, चलचित्रघर, रङ्गशाला, धार्मिकस्थल, प्रतिक्षालय लगायतका सार्वजनिक स्थानमा धूम्रपान तथा सूर्तिजन्य पदार्थ सेवन नगर्न र नगराउन भनिएको छ ।

यस्ता छन् ५ बुँदे निर्देशन : 

–पार्क,सरकारी कार्यालय, शिक्षण संस्था, सार्वजनिक सवारीसाधन, विमानस्थल, सार्वजनिक शौचालय, चलचित्र घर, रङ्गशाला, धार्मिक स्थल, प्रतीक्षालय लगायतका सार्वजनिक स्थानमा धूम्रपान तथा सूर्तिजन्य पदार्थ सेवन नगर्ने, नगराउने ।
–स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय र नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटरभित्रको पसलबाट सूर्तिजन्य पदार्थ बिक्री वितरण नगर्ने, नगराउने ।
–अठार वर्ष नपुगेका व्यक्ति र गर्भवती महिलालाई सूर्तिजन्य पदार्थ वितरण नगर्ने, नगराउने ।
–सार्वजनिक स्थलमा सूर्तिजन्य पदार्थ सेवन गरी गराई यस सूचनाको पालना नगरेमा उक्त ऐनको दफा १७ बमोजिम कडा कारबाही गरिने  ।
–सार्वजनिक स्थलमा धूम्रपान तथा सूर्तिजन्य पदार्थको सेवन नगर्ने, नगराउने कार्यमा सुरक्षाकर्मी, सामुदायिक संस्था तथा आम नागरिकबाट आवश्यक जागरूकता, सचेतना र सहकार्य गरिने ।

प्रतिक्रिया दिनुहोस्