Logo
|
Monday 6th May 2024
Logo

epaper

स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीको जिम्मेवारी हेरफेर, को–कहाँ पुगे ?



जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले स्वास्थ्य मन्त्रालय अन्तर्गतका विभाग तथा महाशाखाका उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्नुहुँदै ९ जना उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गर्नुभएको हो ।

मन्त्रालय उच्चस्रोतकाअनुसार औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाललाई नियुक्त गरिएको छ । विभागका महानिर्देशक भरत भट्टराईलाई राष्ट्रिय औषधि प्रयोगशालामा पठाइएको छ ।


त्यस्तै राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. रुद्र मरासिनीलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकमा नियुक्त गरिएको छ । त्यसैगरी अर्थोपेडिक सर्जन डा. बद्री रिजाललाई ट्रमा सेन्टरको निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी राष्ट्रिय तालिम केन्द्रमा डा. अनुज भट्टचन र परोपकार प्रसुति गृहको निर्देशकमा डा. श्री अधिकारीलाई नियुक्त गरिएको छ ।

राष्ट्रिय तालिम केन्द्रका निर्देशक डा. यदुचन्द्र गौतम, परोपकार प्रसुति गृहका निर्देशक डा। पवनजंग रायामाझी र इडिसिडीका निर्देशक डा. चुमनलाल दासलाई स्वास्थ्य मन्त्रालय तानिएको छ ।

प्रतिक्रिया दिनुहोस्