चीनमा उपचार गराएर ४ महिनापछि स्वदेश फर्किए वर्षमान पुन
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) उपमहासचिव वर्षमान पुन चीनबाट उपचार गराएर आज स्वदेश फर्कनुभएको छ ।
पुनलाई पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो ।
पुन चिनियाँ सहर छेन्दुबाट एयर चाइनाको नियमित उडानमार्फत् शुक्रबार नेपाल आउनुभएको हो । उहाँ लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित हुनुहुन्छ । पुन पत्नी ओनसरी घर्तीलाई लिएर गत फागुन १ गते चीन जानुभएको थियो ।