वरिष्ठ न्युरो सर्जन स्वर्गीय प्रा.डा. उपेन्द्रप्रसाद देवकोटाको प्रतिमा अनावरण
नेपालको न्युरो सर्जरी क्षेत्रको विकास र विस्तारमा प्रा.डा. देवकोटाको भूमिका अतुलनीय भएको उल्लेख
जनस्वास्थ्य सरोकार, काठमाडौं । वरिष्ठ न्युरो सर्जन स्वर्गीय प्रा.डा. उपेन्द्रप्रसाद देवकोटाको प्रतिमा शनिवार अनावरण गरिएको छ ।
उपेन्द्र देवकोटा मेमोरियल न्युरो अस्पताल परिसरमा राखिएको सो प्रतिमाको प्रा.डा. देवकोटाका गुरु डा. दिनेशनाथ गोंगल र जेठो दाजु वाचस्पति देवकोटाले संयुक्त रुपमा अनावरण गर्नुभएको हो ।
सो अवसरमा प्रा.डा. देवकोटाकी धर्मपत्नी प्रा.डा. मधु दीक्षित देवकोटाले नेपालको न्युरो सर्जरी क्षेत्रको विकास र विस्तारमा प्रा.डा. देवकोटाको भूमिका अतुलनीय भएको उल्लेख गर्दै उहाँकै सम्मान र सम्झनामा प्रतिमा स्थापना गरिएको बताउनुभयो ।