Logo
|
Sunday 5th May 2024
Logo

epaper

सेवाग्राहीको गुनासो : अनुहारमा आएको रौँले लज्जित



डा. इशा पौडेल (कोईराला), डर्माटोलोजिष्ट एवं लेजर सर्जन

खासगरी २५ देखि ३० वर्ष कटेका महिला र पुरूषहरू डन्डिफोर, चायाँपोतो, दाग, धब्बा, अनावश्यक रौँ, तालुपनालगायतका समस्याहरुबाट पीडित भएको पाइन्छ । उनीहरू राम्रो भएर हिड्ने बेलामा अनुहार बिग्रिएर आत्मविश्वास कमजोर भएको बताउँछन् ।

कतिपयको टाउकोमा कपाल नहुँदा प्रेमिकाले छोडेको, बिहे नहुने, अनुहारमा आएको रौँले लज्जित महसुस हुनुपर्ने जस्ता गुनासो गर्छन् ।

यस्ता व्यक्तिहरूको समस्या समाधान गर्न पाउँदा असाध्यै खुशी लाग्छ । उहाँहरू आफूलाई राम्रो देखाउन भएपनि कस्मेटिक उपचार गराउन चाहनुहुन्छ । छाला झोलिएको भागमा थ्रेड लिफ्टीङ गराउनेहरूको पनि कमी छैन ।

छाला झोलिएको भागमा एक प्रकारको धागो छिराएर मसिनो टाँका लगाइन्छ । धागोले स–साना घाउ बनाउने भागलाई निको बनाउन शरीरले इलास्टिन र कोल्याजन कोषको विकास गर्छ । यी कोषहरूले छालालाई तन्कन र टाइट बनाउन मद्धत गर्छन् ।

प्रतिक्रिया दिनुहोस्