गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकारलाई समितिको निर्देशन
स्वास्थ्य बीमा कार्यक्रममा देखापरेका नीतिगत र व्यवस्थापकीय समस्या समाधान गर्न आग्रह
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रममा देखापरेका नीतिगत र व्यवस्थापकीय समस्या समाधान गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकारलाई निर्देशन दिइएको छ । सिंहदरवारमा आज बसेको राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले सो निर्देशन दिएको हो ।
बैठकपछि समितिका सभापति प्रकाश पन्थका अनुसार, स्वास्थ्य बीमा कार्यक्रममा देखापरेका नीतिगत, व्यवस्थापकीय समस्या समाधान गरी गुणस्तरीय स्वास्थ्य सेवा, औषधि आपूर्ति तथा उपचार प्रक्रियालाई सरल बनाइ दक्ष जनशक्तिको व्यवस्था गरी सबै स्थानीय तहहररूमा पहुँच बिस्तार गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिले सुर्तीजन्य पदार्थमा लगाउने कर वृद्धि गरी त्यसबाट संकलति रकम स्वास्थ्य उपचार, जनस्वास्थ्य सेवाका कार्यक्रम खर्च गर्ने व्यवस्था गर्न, मानसिक स्वास्थ्य उपचारका लागि मनो सामाजिक परामर्शदाता, स्वास्थ्य विशेषज्ञ सेवा बिस्तार, शिक्षाका पाठ्यक्रममा समावेश र विभेदजन्य शब्द र प्रावधानलाई हटाउन उपयुक्त कानूनीरनीतिगत व्यवस्था गर्न निर्देशन दिएको छ ।