Logo
|
Saturday 18th May 2024
Logo

epaper

आँखाको नानी उपचार र रोकथाममा हिमालयन क्याट्र्याक्टः जसले ५० हजार व्यक्तिको दृष्टि बचायो

आँखाको नानीको पहिलो सतह खोस्रिएर हुनसक्ने अन्धोपनाको पहिचान र आवश्यक परीक्षण, उपचार एवं निदान



जनस्वास्थ्य सरोकार, काठमाडौं । यो तस्विर नेपालको विकट गाँउको २२ वर्षीया आमा मीना (बायाँ) हुन् । उनले आँखाको नानी खोस्रिएर हुने रोगको उपचार प्राप्त गरिन् । उनी परिवारमा कमाउने एक मात्र व्यक्ति हुन् । स्थानीय समुदायको स्वास्थ्यकर्मी (दायाँ) ले सफलतापूर्वक उनको समस्या पहिचान गरिन् र टपिकल एन्टिबायोटिकद्वारा कोर्नियाको उपचार गरिन् । उपचार नपाएको खण्डमा आँखाको नानी खोस्रिएर हुने रोगले दृष्टिविहिन सम्म बनाउदँछ ।

यस्तो निर्भिकल्प र उचित उपाय तथा समाधानले हरेक वर्ष १५ लाख मानिसहरुमा आँखाको नानी खोस्रिएर (Corneal Abrasion) तथा चोटपटक लागेर हुन सक्ने अन्धोपनालाई बचाउन सक्दछ । ९० प्रतिशत भन्दा बढि आँखाको नानीमा चोटपटक बिशेष गरी नानीको पहिलो सतह खोस्रिएर दृष्टिविहिन हुन सक्नेहरुमा न्यून र मध्यम आयम भएका देशहरुमा बसोबास गरेको पाइन्छ । तर दुर्भाग्यवस धेरै बिरामीहरु आँखा स्वास्थ्य सेवाको पहुँच बाहिर रहेको पाइन्छ । फलस्वरुप दृष्टि गुमाउने तथा परनिर्भरता बढ्ने गर्दछ । यसले उनीहरुको दैनिक जिवनयापन र जिविकोपार्जनमा असर गर्दछ ।

आँखाको नानीमा लाग्ने रोगबाट ५० हजार भन्दा बढी व्यक्तिको दृष्टि बचेको छ । हिमालयन क्याट्र्याक्ट् परियोजना क्योर व्लाइन्डलेसले नेपाल र भारतका सामुदायिक स्वास्थ्यकर्मीहरूलाई प्रदान गरेको आधारभूत तालिम ‘साइट लाइफ इन्टरनेशनल’ मार्फत ५० हजार भन्दा बढी व्यक्तिको दृष्टि बचाउन सफल भएको हो ।

हिमालयन क्याट्र्याक्ट् परियोजना क्योर व्लाइन्डलेसले नयाँ कोशेढुंगाको रुपमा आँखाको नानी (कोर्निया) मा लाग्न सक्ने विभिन्न रोगहरुका कारण दृष्टि विहिन हुनबाट बचाउने कार्यक्रमको घोषणा गरी काम थालनी गरेको थियो ।

यस कार्यक्रमले आँखाको नानीमा लाग्ने चोटपटक विशेषगरी आँखाको नानीको पहिलो सतह खोस्रिएर हुन सक्ने अन्धोपनाको पहिचान र आवश्यक परीक्षण, उपचार एवं निदान गर्दै आएको छ । यसले समुदायमा देखापर्ने सो समस्याको प्रारम्भिक अवस्थामा आवश्यक र उचित उपचार गर्दै आएको हिमालयन क्याट्र्याक्ट् परियोजना क्योर व्लाइन्डलेसका सिइओ के टी ओभरवेले जानकारी दिनुभएको छ ।

हिमालयन क्याट्र्याक्ट् परियोजना क्योर व्लाइन्डलेसलयोजे आगामी योजनामा विश्व मानचित्रको विभिन्न क्षेत्रहरुमा आफ्नो कार्यक्रम विस्तार गर्दैछ । यसैगरी उचित तथा अध्यावधिक प्रविधिमा लगानी गरी आँखाको नानीको कारणले हुने अन्धोपना समस्या सम्बन्धी नयाँ पाठ्यक्रम बिकास गर्ने र सरोकार राख्ने सम्बन्धित साझेदारहरुको सदुपयोग गर्दै सकृय रुपमा अगाडि बढ्ने योजना बनाएको उल्लेख छ । हिमालयन क्याट्र्याक्ट् परियोजना क्योर व्लाइन्डलेस र साइट लाइफ इन्टरनेशनलको आपसी संयोजनमार्फत यो कार्यक्रमलाई अझ विस्तार गरी विकासोन्मुख देशहरुमा सम्बन्धित सहयोगी सस्थामार्फत् कार्यक्रम गर्न प्रतिवद्वता पनि जाहेर गरेका छन ।


गत मार्च २०२३ मा आँखा स्वास्थ्य सेवालाइ बृहत रुपमा विश्वव्यापी प्रभावकारी गराउन HCP Cureblindness ले Shightlife International सँग सहकार्य गर्यो जसअन्तर्गत दुवै सस्ंथाका सम्बन्धित बिशेषज्ञहरुले हातेमालो गर्दै विश्वमा सेवाको पहुच पुर्याउने दिर्घकालिन कार्यक्रमको अवधारणा राखी समुदायमा आवश्यक प्रभवकारी सेवा दिने एवम सम्बन्धित सरोकारवालाहरुलाई तालिम प्रदान गर्ने तथा पुर्वाधार विकास कार्यक्रमहरु मार्फत प्राथमिक उपचार कार्यक्रमको नीति योजना तर्जूमा र लक्ष्य राखी आवश्यक वहस गर्ने साझा कार्यक्रमको पनि तर्जुमा गरियो । यसले एसिया र अफ्रिकामा थप लाखौं मानिसहरुमा आँखा स्वास्थ्यको पहुँच तथा उपचार सेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्