Logo
|
Sunday 5th May 2024
Logo

epaper

स्तन किन सानो र ठूलो हुन्छ ?

यसरी बनाउन सकिन्छ आकर्षक स्तन




डा. संगम रायमाझी, प्लाष्टिक एण्ड कस्मेटिक सर्जन

कसैको स्तन सानो हुन्छ भने कसैको ठूलो । वास्तवमा स्तन भनेको तन्तुहरू मिलेर बनेको ग्रन्थी हो । हर्मोनका कारण स्तनको आकार घटबढ हुन्छ । थायराइडले पनि स्तनको आकार बढाउने वा घटाउने गर्छ ।


युवावस्थाको मध्यसम्म स्तन कसिलो रहन्छ । त्यसपछि क्रमशः झोल्लिन थाल्छ ।

स्तन यसरी घटाइन्छ

]स्तन ठूलो हुँदा लुगा लगाउन र शारीरिक अभ्यास गर्न अफ्ट्यारो पर्छ । कतिलाई गर्दन र ढाड दुख्ने, स्तनको कापमा फंगल इन्फेक्सन हुने गर्छ । त्यसैले कस्मेटिक शल्यक्रियामार्फत स्तनको बोसो निकाल्नुपर्छ । स्तन सानो बनाएकाहरूको शिशुलाई गराइने स्तनपान सामान्य पनि हुनसक्छ ।

स्तन बढाउन फ्याट ग्राफ्ट

स्तन झोल्लिएकाहरूमा ब्रेष्ट लिफ्ट सर्जरी गरेर स्तन कसिलो बनाइन्छ । स्तन बढाउन फ्याट ग्राफ्ट वा सिलिकोनको ब्रेष्ट इम्प्लान्ट गर्न सकिन्छ ।

आफ्नो शरीरको धेरै भएको ठाउँको बोसो ल्याएर स्तनमा राख्ने प्रविधि फ्याट ग्राफ्ट हो । स्तन क्यान्सर भएर स्तन काटिएकाहरूमा पनि सिलिकन इम्प्लान्ट गरेर स्तनलाई आकार दिन सकिन्छ ।
(डा. रायमाझी द स्किन आर्टस्मा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्