मन्त्री बस्नेत नै खटिएपछि फेरियो स्वास्थ्य मन्त्रालयको स्वरुप

जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पटक पटक मन्त्री फेरिनु भयो । कोही छोटो समय कुर्शीमा बिराजमान हुनुभयो त कसैले लामै समय पनि गुजार्नु भयो । तर लामो समयदेखि न त मन्त्रालयको रंगरोगन गरियो, न आँगन नै राम्ररी कालो पत्रे गरियो । स्वास्थ्य मन्त्रालयको आँगन हेर्दै उराठ लाग्दो थियो ।
मन्त्री, सचिव, निर्देशकहरु, कर्मचारी र दातृ निकायका गाडी मन्त्रालय प्रवेश गर्दा धुलो उड्थ्यो । प्रवेशद्धारको दाँया बायाँ रहेको बगौचामा रहेका बिरुवा र फूल सुकिसकेका थिए ।
मन्त्रालय प्रवेश गर्ने बरण्डा र ढोका वरिपरी माकुराको जालो लागेको थियो । हेर्दै कुरुप लाग्ने भइसकेको थियो स्वास्थ्य मन्त्रालय । नेतृत्वमा बस्ने बिगतका कुनै पनि मन्त्रीलाई यस बिषयमा हेक्का भएन ।
दुई महिना अगाडि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हाल्न आउनु भएका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको ध्यान स्वास्थ्य सेवा सुधारका अन्य योजनासँगै मन्त्रालयको सरसफाईमा पनि गयो । उहाँले मन्त्री भएको केही हप्तामै मन्त्रालय परिसर सरसफाई सुरु गर्नुभयो । केही दिनपछि मन्त्रालय अगाडिको बगौचामा नयाँ फूल रोप्न लगाउँनु भयो । बगौचामा नयाँ प्रजातिका बोट विरुवा रोपिए ।
बर्षौदेखि कालो पत्रे हुन नसकेको मन्त्रालयको आँगन पनि अहिले कालो पत्रे गरियो । आगान कालो पत्रे गर्न स्वास्थ्य मन्त्री बस्नेत आईतबार राती ११ बजेसम्म आफै खटिनु भएको थियो ।
कालो पत्रे असारे बिकास जस्तो नहोस, गुणस्तरीय हुनु पर्छ भन्ने मान्यताका साथ मन्त्री बस्नेत कालो पत्रे गर्दा निरीक्षण गरिरहनु भएको थियो । कालो पत्रे गर्दा मन्त्री नै राती ११ बजेसम्म फिल्डमा खटिदा ठेकेदार पनि छक्क परेर गतिलै पिच गर्न आफ्ना कामदारहरुलाई निर्देशन दिइरहनु भएको थियो ।
मन्त्रालयको आगन मापदण्ड अनुसार कालो पत्रे गराएर मात्र मन्त्री बस्नेत र उहाँको सचिवालयको टोली घर गएको थियो । स्वरुप हेर्दा स्वास्थ्य मन्त्रालय आफै अस्वस्थ जस्तो लागेपछि आफूले बजेट व्यवस्थापन गरेर बगौचाको सजावटदेखि मन्त्रालयको रंगरोगन र आगन कालो पत्रे गराएको मन्त्री बस्नेतले बताउनु भयो ।
मन्त्री बस्नेतले भन्नुभयो-‘बल्ल बाहिरबाट हेर्दा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जस्तो भयो । पहिले त हेर्दै कुरुप देखिन्थो । ’ राती कालो पत्रे नसकिन्जेलसम्म मन्त्री जागा रहेको देखेपछि मन्त्रालयका सुरक्षाकर्मी र सहायक कर्मचारी पनि अचम्म परेका थिए ।
एक सुरक्षाकर्मीले भने, ‘ यसरी मन्त्री नै नखटिएको भए नाम मात्रको कालोपत्रे गरेर ठेकेदार टाप कसी सक्थे । मन्त्रीज्यू नै खटिएपछि बलियो पिच गर्न बाध्य भए । ’
नेपाल सरकारका मन्त्रालयमध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मात्र शिहदरवार बाहिर रहेको एक मात्र मन्त्रालय हो । मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयको स्वरुप नै फरिदिएपछि कर्मचारीहरु पनि दंग छन् । प्रशासन साखाका एक कर्मचारीले भने, ‘मन्त्रालय परिसरको सरसफाईले काम गर्ने वातावरण समेत सुध्रेको छ । मन्त्रीज्यूको कदम प्रशंसनिय छ । ’






