Logo
|
Friday 26th July 2024
Logo

epaper

सुस्त श्रवणशक्ति भएकाहरुलाई बहिरामैत्री क्लिनिक सेवा



जनस्वास्थ्य सरोकार, ललितपुर । श्रवणशक्ति नभएका, गुमाएका वा सुस्त श्रवणशक्ति भएका व्यक्तिहरुको सहज उपचारका लागि जावलाखेलको क्लिनिक वानले बहिरामैत्री क्लिनिक सञ्चालनमा ल्याएको छ ।


क्लिनिक वानले राष्ट्रिय बहिरा तथा सुस्त श्रवण संघको सहकार्यमा बहिरा तथा सुस्त श्रवण भएका व्यक्तिहरुका लागि समावेशी र सहयोगी वातावरणमा स्वास्थ्य जाँच गराउने व्यवस्था मिलाएको हो ।

क्लिनिकमा बहिरा तथा सुस्त श्रवणशक्ति भएका बिरामीहरुको सहजताका लागि दोभाषेको व्यवस्था गरिएको छ ।


सुनाई सम्बन्धी अपांगता भएका बिरामीहरुले दोभाषेमार्फत चिकित्सकसँग सही परामर्श लिन सक्ने क्लिनिकका प्रवन्ध निर्देशक सन्तोष पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्