Logo
|
Saturday 27th July 2024
Logo

epaper

नेपालमा अनुहारका विकृतिसम्बन्धी उपचार लक्षित छुट्टै अस्पताल स्थापना हुँदै

प्रतिवर्ष करिव ५०० जनालाई निःशुल्क शल्यक्रिया



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा अनुहारका विकृतिसम्बन्धी उपचार लक्षित छुट्टै अस्पताल स्थापना हुने भएको छ ।

अनुहारमा आउने विभिन्न समस्याहरुको उपचार लागि मात्रै अस्पताल स्थापना हुने भएको हो । अन्तर्राष्ट्रिय संस्था क्लेफ्ट चिल्ड्रेन इन्टरनेशनलको आर्थिक सहायतामा नेपाली नागरिकलाई निःशुल्क उपचार प्रदान गर्ने उद्देश्यले काठमाडौंको नख्खुमा सञ्चालनमा आउने भएको हो ।

शनिवार उपचार केन्द्रको सिलन्यास भएको छ । साथै बसुन्धारास्थित कान्तिपुर डेन्टल कलेज जनरल हस्पिटलमा समेत संस्थाको स्थापना भएको छ ।

क्रेनियोफेसियल प्रा.डा. हर्मन सेलरले स्थापना गरेको क्लेफ्ट चिल्ड्रेन इन्टरनेशनलको आर्थिक सहायतामा बन्ने अस्पतालमार्फत खुँडोपना तथा अनुहारका विभिन्न विकृतिसम्बन्धी समस्या भएका व्यक्तिहरुले पूर्णतः निःशुल्क उपचार पाउनेछन् ।

आम नेपालीलाई निःशुल्क उपचार प्रदान गर्ने उद्देश्यलाई पूरा गर्न स्थापित क्लेफ्ट चिल्ड्रेन इन्टरनेशनलको वैदेशिक अंशको रुपमा नेपालमा पनि पहिलोपटक नेशनल इन्स्टिच्युुट अफ क्रेनियोफेसियल सर्जरीको पनि आज नै स्थापना भएको छ ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै क्रेनियाफेसियल सर्जन डा. सुमित सिंहले नेपालमा हरेक ८०० जनामध्ये एक जनामा खुँडोपना तथा अनुहारका विभिन्न विकृतिसम्बन्धी समस्या रहेको बताउँदै सोको उपचारका लागि आफ्नै अगुवाइ तथा आर्थिक लगानीमा अस्पताल स्थापनाको काम थालिएको बताए । करिव डेढ वर्षभित्र अस्पताल नख्खुमा सञ्चालनमा आउने उनको भनाइ छ ।

डा. सिंहले दाँत नमिलेको, आँखाको बीचका हड्डीहरु चाहिने भन्दा चौडा भएको, कान बन्द हुने, मुख खोल्न नसक्ने लगायतका समस्याको उपचार निःशुल्क रुपमा हुने बताए ।

संस्थाले शुरुवाती चरणमा प्रतिवर्ष करिव ५०० जनालाई निःशुल्क शल्यक्रिया तथा उपचार सेवा दिने र भविष्यमा वार्षिक रुपमा १५ सय जनासम्मलाई निःशुल्क सेवा दिने लक्ष्य लिएको उनको भनाइ छ ।

नेशनल इन्स्टिच्युट अफ क्रेनियोफेसियल सर्जरीका विभिन्न विभागमध्ये हर्मर सेलर सेन्टर फर क्लेफ्ट एण्ड क्रेनियोफेसियल एनामोलिज अन्तर्गतका सेवाहरु निःशुल्क उपलब्ध गराउने बताइएको छ ।

अस्पतालको एकै छातामुनि नेशनल सेन्टर फर टिएमजे डिस्अर्डर, फेसियल प्लास्टिक एन्ड एस्थेटिक्स, नेशनल सेन्टर फर क्रेनियो–मेक्सिलो फेसियल ट्रमा, नेशनल सेन्टर फर इम्प्लान्टोलोजी लगायतका विभाग रहने र सो अन्तर्गत अन्य सेवा तथा उपचारहरु भने शुल्क लाग्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्