Logo
|
Sunday 22nd December 2024
Logo

epaper

के मानिसलाई दूध पिउन जरूरी छ ?

सन्तुलित आहार खाइ रहँदा दूध पिउँदैमा खासै फरक पर्दैन



सबै स्तनधारी प्राणीहरूको जीवनमा दूधको ठूलो महत्व हुन्छ । बच्चा जन्मिने बित्तिकै आमाको स्तनबाट दूध पिउन थाल्छ ।
जनावरका सन्तानले केही समयपछि आमाको दूध छोडेर अन्य खानेकुराहरू खान थाल्छन् । तर आमाको दूध त्यागेर पनि मानव बालबालिकाले गाई, भैंसी, बाख्रा, भेडा आदि अन्य स्तनधारी प्राणीको दूध पिउने क्रम जारी रहन्छ ।


मानिस एकमात्र एक यस्तो प्राणी हो, जसले अन्य जनावरको दूधमा आँखा गाड्छ । उसले के तर्क गर्छ दूध उनको स्वास्थ्यको लागि धेरै महत्वपूर्ण छ, विशेष गरी हड्डीका लागि । जबकि नयाँ अनुसन्धानले अन्य जनावरको दूध पिउनु अनावश्यक, अप्राकृतिक र हानिकारक रहेको बताउँछ ।

दूध के हो ?

दूध एक महत्वपूर्ण खाद्य पदार्थ हो । दूधमा पानी, चिल्लो पदार्थ (फ्याट), प्रोटिन, ल्याक्टोज, खनिज पदार्थहरू, भिटामिनहरू र पाचन रसका तत्वहरू रहने भएकाले आदर्श एवं पूर्णआहारको रूपमा लिइन्छ । सम्पूर्ण पौष्टिक तत्वले भरिपूर्ण दूध र दुग्ध पदार्थको उत्पादन र उपभोग स्वच्छ र स्वस्थ हुन सके मानवको लागि उपयोगी सक्छ ।

दूधमा भएको चिल्लोले शक्ति सञ्चय गरी बिरामी मानिस वा शारीरिक कमजोर भएका मानिसलाई आन्तरिक रूपमा यही सञ्चित शक्तिको प्रयोग गर्दछ । ल्याक्टोजले तुरुन्त शक्ति प्रदान गरी शरीरलाई स्फूर्ति दिलाउँछ । प्रोटिनले शारीरिक वृद्धि विकास गर्दछ । भिटामिन ‘ए’ले रतन्धो हुनबाट जोगाउँछ भने प्रजनन् क्षमताको विकास गर्ने र शारीरिक विकासमा सहयोग पु¥याउँछ ।

भिटामिन ‘डी’ले हड्डी मजबुत बनाउने, भिटामिन ‘इ’ले मांसपेशी मजबुत बनाई पक्षघातबाट जोगाउँछ । भिटामिन ‘क’ले चोटपटक लागेको बेला रगत जमाउन मद्दत गरी रगत खेर जानबाट बचाउँछ । भिटामिन ‘सी’ले गिजा सुन्निबाट जोगाउँछ । यस्तै, भिटामिन ‘बी कम्प्लेक्स’ले शारीरिक वृद्धि हुने तथा खानाको रुची बढाउँछ ।


शरीर वृद्धिका लागि आवश्यक पर्ने खनिज लवणहरू क्यालसियम, म्यागनेसियम, क्लोरिन, पोटासियम, सोडियम आदिले शरीर सन्तुलन राख्नुका साथै शारीरिक विकासमा सहयोग पु¥याउँछ ।


यसरी शरीरका लागि आवश्यक पर्ने महत्वपूर्ण तत्वहरू पाइने भएकोले दूधको सेवनले शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास भई विभिन्न रोगहरूबाट बचाउन मद्दत पुग्छ ।


करिब ११ हजार वर्ष पहिले मानिसले गाई पाल्न थालेका थिए । तर, मानिसले दूधमा रहेको ल्याक्टोज चिनीलाई पचाउने क्षमता १० हजार वर्षअघि मात्र विकास गरेको छ । यो दक्षिण–पश्चिम एशियाबाट सुरु भयो, जुन बिस्तारै युरोपमा फैलियो ।


बाल्यावस्थामा आमाको दूध पिउन छोड्दा उनीहरूको शरीरमा ल्याक्टेज इन्जाइमको उत्पादन पनि बन्द हुन्छ ।


यस पछि यी मानिसहरूले दूधमा रहेको चिनी ल्याक्टोजलाई पचाउन सक्दैनन् र तिनीहरूको शरीरमा प्रतिक्रिया सुरु हुन्छ ।
युरोपेली, केही अफ्रिकी, मध्य–पूर्र्वी र दक्षिण एसियाली देशका मानिसहरू बाहेक, संसारका अधिकांश मानिसहरू दूधमा चिनीको ल्याक्टोजसँग एलर्र्जी हुन्छ । अमेरिकामा युरोपेलीमूलको जनसङ्ख्याको ९ प्रतिशत मानिस मात्र दूध पचाउन सक्षम छन् । तिनीहरू पनि दूधबाट बच्न चाहन्छन् ।


यद्यपि यसका धेरै कारणहरू छन् । जस्तै स्वास्थ्य र पशुपालनबाट वातावरणमा हुने हानी आदि ।
यही कारण हो अमेरिकामा गाईको दूधको विकल्पको रूपमा प्रदान गरिने डेरी उत्पादन र उत्पादकहरूको बजार द्रुत रूपमा बढिरहेको छ ।

अब प्रश्न उठ्छ कि गाईको दूध छाडेर यसको विकल्प खोज्दा स्वास्थ्यका लागि कत्ति फाइदा हुन्छ ? के हामीले गाईको दूधबाट प्राप्त हुने पोषक तत्व वैकल्पिक उत्पादनबाट प्राप्त गर्न सक्छौं ? के दूध पिउनाले ल्याक्टोज एलर्र्जी भएका मानिसहरूलाई अझ खराब बनाउँछ ?

गाईको दूधमा कस्ता पोषक तत्व पाइन्छ ?

गाईको दूध प्रोटिन र क्याल्सियमको मुख्य स्रोत हो । साथै यसबाट हामीले भिटामिन बी–१२ र आयोडिन धेरै मात्रामा पाउँछौं ।
यसमा म्याग्नेसियम पनि पाइन्छ, जसले हड्डीको विकास र मांसपेशीको कार्यमा सहयोग गर्छ । अनुसन्धानले के पत्ता लगाएको छ भने दही र केसिन जस्ता दुधजन्य पदार्थले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ ।

बेलायतको नेशनल हेल्थ सर्भिसले एक वर्षदेखि ३ वर्षसम्मका बालबालिकाको हड्डीको उचित विकासका लागि दैनिक ३५० मिलिग्राम क्याल्सियम खानुपर्ने बताएको छ । यो भनेको दैनिक एक गिलास दूध पिउनाले पर्याप्त मात्रामा प्राप्त हुन्छ ।

तर वयस्कहरूको हड्डीलाई स्वस्थ राख्न गाईको दूध कत्ति प्रभावकारी हुन्छ भन्ने विषयमा अनुसन्धानले विभिन्न निष्कर्षमा पुगेको छ ।

यसमा कुनै शंका छैन कि क्याल्सियम हड्डीको लागि धेरै महत्वपूर्ण छ । तर धेरै क्याल्सियम खाँदा हड्डी भाँच्निबाट जोगाउन मद्दत पुग्छ कि भन्न गाह्रो छ ।

अनुसन्धानले पनि यसबारे स्पष्ट रूपमा केही बोलेको छैन । बरू केही अनुसन्धान परिणामहरूले के देखाएको छ भने धेरै दूध पिउनेहरूको हड्डी भाँच्ने सम्भावना बढ्छ ।

स्वीडेनमा गरिएको एक अनुसन्धान अनुसार दिनमा आधा गिलासभन्दा कम दूध पिउने महिलामा हड्डी भाँच्ने खतरा बढी हुन्छ । यद्यपि यो अनुसन्धान गर्नेहरूले यो कुरा होसियारीका साथ भन्छन् कि हड्डी भाँचिने प्रवृत्ति बढी हुने महिलाले बढी दूध पिउनु पर्ने विश्वास पनि उनीहरूको छ ।

तर, किशोरावस्थामा क्याल्सियम हाम्रो हड्डीको विकासका लागि धेरै महत्वपूर्ण छ । यो उमेरमा यदि हाम्रो हड्डीको विकास राम्रोसँग हुन सक्दैन भने मध्यम उमेरपछि हामीलाई हड्डीसँग सम्बन्धित अन्य समस्या हुन थाल्छ । खासगरी महिलाले यसको अभाव बढी महसुस गर्छिन् ।

महिनावारी बन्द भएपछि उनीहरूमा एस्ट्रोजन हर्मोनको निकास बन्द हुन्छ । जसका कारण हड्डी मर्मतको काम सुस्त हुन्छ । जसले गर्दा महिलाको हड्डी निकै कमजोर हुन थाल्छ ।

स्वास्थ्य चिन्ता

हालैका दशकहरूमा दूधका बारेमा अर्को चिन्ता व्यक्त गरिएको छ । गर्भावस्थामा पनि गाईले दूध दिन्छ । तर यस समयमा दूधमा एस्ट्रोजन हर्मोनको मात्रा २० गुणा बढी हुन्छ । एस्ट्रोजनको उच्च स्तर क्यान्सरसँग जोडिएको छ ।

अनुसन्धानकर्ताहरूले स्तन क्यान्सर, पाठेघरको क्यान्सरसँग यसको प्रत्यक्ष सम्बन्ध देख्छन् । तर अमेरिकाको विस्कन्सिन विश्वविद्यालयका अनुसन्धानकर्ता लौरा हर्नान्डेज भन्छिन्, ‘गाईको दूधमा एस्ट्रोजेन भए डराउनु पर्दैन । महिलाको दूधमा पनि हर्मोन पाइन्छ । यो स्तनधारी जनावरहरूको एक भाग हो ।’

दूधमा बोसोको मात्रा बढी हुन्छ । त्यसैले धेरै दूध पिउनाले मुटु रोगको जोखिम बढ्छ भन्ने विश्वास गरिन्छ । अनुसन्धानले दूधमा ३.५ प्रतिशत मात्रै चिल्लोपन हुने देखाएको छ । हल्का स्किम्ड दूधमा लगभग १.५ प्रतिशत हुन्छ भने स्किम्ड दूधमा ०.३ प्रतिशत मात्र चिल्लोपन हुन्छ । नमिठो भटमास, बदाम, भांग, नरिवल, ओट्स र चामलबाट बनेको पेय पदार्थमा दूधको तुलनामा कम बोसो (चिल्लो) हुन्छ ।

फिनल्याण्ड युनिभर्सिटीकी प्रोफेसर जेरिका विर्तानेन भन्छिन्, ‘दूधमा प्रचुर मात्रामा प्रोटिन हुन्छ । धेरै दूध पिउनेहरूको भोक दूधले नै मेटिन्छ । त्यसैले ती मानिसहरू अन्य पौष्टिक खाना खाँदैनन् जसका कारण उनीहरूमा मुटु रोगको जोखिम बढ्छ ।
दूधको भरमा मात्र बाँच्नु स्वास्थ्यका लागि राम्रो नहुने उनी बताउँछिन् । सन्तुलित मात्रामा दूध लिँदा नराम्रो पनि हुँदैन । दूधको मिठास पचाउन नसक्नेहरूले पनि बेला–बेलामा उचित मात्रामा दूध खान सक्छन् । यो कुरा अनुसन्धानमा पनि प्रमाणित भएको छ ।

अझै पनि गाईको दूध पिउन मन नमान्ने र अन्य विकल्पतर्फ लाग्ने ठूलो जनसङ्ख्या छ । सोया दूध गाईको दूधको उत्तम विकल्प हो ।

यो एक यस्तो विकल्प हो, जसमा गाईको दूध बराबर नै प्रोटीन हुन्छ । अन्य प्रकारका वैकल्पिक दूधमा धेरै कमी कमजोरीहरू हुन सक्छन् जुन वयस्कहरूको लागि ठीक छ तर बच्चाहरूको लागि उपयुक्त हुँदैन ।

वैकल्पिक दूध

अमेरिकी पोषणविद् सिना ग्यालोले वैकल्पिक दूधले गाईको दूधमा उपलब्ध सबै पोषक तत्वहरू उपलब्ध गराउन सक्छ, तर एउटै मात्रामा भने आवश्यक छैन भनी विश्वास गर्छिन्।् । उदाहरणका लागि हामीले बदाम चपाएर प्राप्त गर्ने बदामका पोषक तत्वहरू बदामको दूधमा पाइँदैन ।

वैकल्पिक दूधमा थप पोषक तत्वहरू थपिन्छन् । जबकि ती सबै तत्वहरू प्राकृतिक रूपमा गाईको दूधमा पाइन्छ । भिटामिन ‘डी’ भएको गाईको दूध अमेरिकामा सीमित गरिएको छ । यसको अन्य पोषक तत्वहरू जस्तै चिल्लोपन आदि पूर्ण रूपमा नष्ट भएको छ ।

यस्तो अवस्थामा गाईको दूध पिउनुको कुनै फाइदा छैन । किनभने घाममा बस्दा मात्र भिटामिन ‘डी’ प्रचुर मात्रामा पाइन्छ ।
विशेषज्ञहरू भन्छन् कि वैकल्पिक दूध बच्चाहरूको लागि राम्रो विकल्प होइन । तिनीहरूका लागि गाईको दूध नै राम्रो हो ।

बेलायतका पोषण वैज्ञानिक शार्लोट स्टर्लिङ रीडका अनुसार सरकारले गाईको दूध बच्चाहरूको लागि वैकल्पिक दूध भन्दा राम्रो हो भनेर जनतालाई दिशानिर्देश जारी गर्नुपर्छ । बालबालिकालाई गाईको दूधको सट्टा अरु केही खुवाउने हो भने उनीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ ।

गाईको दूधमा प्राकृतिक रूपमा मिठास पाइन्छ भने वैकल्पिक दूधमा मिठास मिसाइन्छ, जुन स्वास्थ्यका लागि राम्रो होइन । त्यसैले यो चिन्ताको विषय पनि हो ।

बजारमा वैकल्पिक दूधका धेरै विकल्पहरू छन् । यस्तो अवस्थामा कुन दूध पिउनु सही हो भन्ने निर्णय गर्न गाह्रो हुन्छ । कहिलेकाहीँ गलत छनोटले मानिसको स्वास्थ्यसँग खेलवाड जस्तै साबित हुन्छ ।

यदि तपाइँ सन्तुलित आहार लिइरहनुभएको छ भने तपाईँले कुन दूध खाँदै हुनुहुन्छ भन्ने कुराले खासै फरक पर्दैन । दूध पिउनु पर्छ कि पर्दैन जरूरी हुदैन । तर सन्तुलित आहार लिनुपर्छ ।
(बीबीसी हिन्दीबाट)

प्रतिक्रिया दिनुहोस्