Logo
|
Friday 26th July 2024
Logo

epaper

पूर्वी तराई सुनसरीमा अत्यधिक डेँगु संक्रमण, ३ जनाको मृत्य

पुस महिनायता ४ हजार २ सय ८९ जनामा डेँगु संक्रमण



जनस्वास्थ्य सरोकार, काठमाडौं । पूर्वी तराई सुनसरीमा अत्यधिक डेँगु संक्रमण देखिएको छ । डेंगु संक्रमणबाट ३ जनाको मृत्युसमेत भएको छ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का अनुसार, सुनसरीमा २ हजार ५ सय ४२ जना संक्रमित भएका छन् भने मृत्यु पनि सोही जिल्लामा भएको हो ।

गत पुस महिनायता ४ हजार २ सय ८९ जनामा डुंगु संक्रमण भएको इडिसिडीका प्रमुख डा. रुद्र मरासिनीले जानकारी गराउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्